नेरुडे लघुवित्तकाे आशालाग्दाे वित्तीय विवरण

Feb 01, 2019 Merolagani

नेरुडे लघुवित्त वित्तीय संस्था(NLBBL)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको तुलनामा १ करोड ५४ लाख ८३ हजार रुपैयाँले बढी हो। गत वर्षको यहि अवधिमा २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा ४१ करोड ९० लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तले एक अर्ब ९४ करोड रुपैयाँ सापटी र एक अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तले यस अवधिसम्ममा ३७ करोड ५५ लाख रुपैयाँ व्याज आम्दानी र १९ करोड ५३ लाख रुपैयाँ व्याज वापत खर्च गरेको छ । जसबाट १८ करोड १ लाख रुपैयाँ खुद व्याज आर्जन गरेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । गत वर्ष १.३९ प्रतिशत रहेको खराब कर्जा १.८१ प्रतिशतमा पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ०९ पैसा, प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात २१.२८ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।