निर्धन उत्थानको दोस्रो त्रैमासिक वित्तीय विवरणलाई कसरी हेर्ने ?

Feb 03, 2019 Merolagani

निर्धन उत्थान लघुवित्त (NUBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसायको आकार बढाएर खुद नाफा बढाउँदै लगेको वित्तीय विवरण सार्वजनिक गरेकाे छ। ७७ जिल्लामा नै शाखा कार्यालय रहेको यस लघुवित्तले आम्दानीका सूचक सकारात्मक रहेपनि कर्मचारी खर्च र खराब कर्जा अनुपातमा बढेकाले नियन्त्रण गर्नुपर्ने देखिन्छ।

चुक्ता पूँजी कै हाराहारीमा जगेडा कोषको आकार बनाएको यस लघुवित्तले आफ्नो कोषको लागत घटाउँदा पनि मुनाफा आर्जन गर्न सकेको हाे।

एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा एक अर्ब १४ करोड रुपैयाँ जगेडा कोष रहेको छ। गत पुस मसान्तमा कम्पनीको एक अर्ब पूँजी र ९२ करोड १८ लाख बराबरको जगेडा कोष रहेको थियो । 

पुस मसान्तसम्ममा निर्धनले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा २३.६८ प्रतिशत अर्थात २६ करोड ३७ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २६ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा व्यवसायको आकारमा बढोत्तरी गरेको लघुवित्तको कोषको लागत केही घटेको छ । जसका कारण उसको कमाई बढेको हो । लघुवित्तको कोषको लागत ८.९८ प्रतिशतबाट ८.७५ प्रतिशतमा झरेको छ ।

यस अवधिमा लघुवित्तले ९ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट ६ अर्ब ९८ करोड १३ लाख रुपैयाँ सापटी लिएको छ । पुस मसान्तसम्ममा लघुवित्तले १७ अर्ब ९ करोड १७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

एक अर्ब ४६ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको लघुवित्तले ६९ करोड ७४ लाख रुपैयाँ ब्याज वापत खर्च गरेको छ । यसबाट कम्पनीले ७६ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ०.६५ प्रतिशतबाट बढेर १.०९ पुगेको छ । यसले कम्पनीलाई नोक्सानी व्यवस्था रकम तीन करोडबाट दोब्बर पुगेको छ ।

खुद नाफामा बढोत्तरी हुँदा प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ५४ पैसा कायम भएको छ । गत आवको पुसमा कम्पनीको इपिएस ५३ रुपैयाँ ८९ पैसा रहेको थियो । प्रति शेयर नेटवर्थ १९५ रुपैयाँ ७६ पैसा रहेको यस कम्पनीको मूल्य आम्दानी अनुपात १३.७७ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।