आईएमई जनरल इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म कायमले पाउँछन् ?

Feb 04, 2019 Merolagani

आईएमई जनरल इन्स्योरेन्स (IGI) ले गत पुस १७ गतेदेखि निष्काशन गरेको चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने माघ २१ गते सोमबार अन्तिम दिन रहेको छ। हकप्रद निष्काशन प्रयोजनका लागि इन्स्योरेन्सले मंसिर ७ गते बुकक्लोज गरेकाले यस हकप्रदमा मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।

शेयरधनीहरुले धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयरबाट समेत हकप्रदका लागि आवेदन पेश गर्न सक्नेछन् । हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सो हकप्रद निष्काशन गरेको हो।

हाल ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको ८० प्रतिशत (४३ करोड २० लाख रुपैयाँ बराबरका ४३ लाख २० हजार कित्ता) हकप्रद शेयर निष्काशन पश्चात ९७ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४३८ रूपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।