लघुवित्त कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीले जारी पूँजी ४ करोड ९७ लाख ७७ हजार ८०० रुपैयाँको ३२.५ प्रतिशतले हुन आउने एक करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक लाख ६१ हजार ७ सय ७८ कित्ता आईपिओ निष्काशनका लागि नियामक निकायसँग अनुमति मागेको हो । लघुवित्तको पुस १६ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाबाट आईपिओ जारी गर्ने प्रस्ताव पारित भएको थियो ।
तीन करोड करोड ३६ लाख चुक्ता पूँजी रहेको वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासि अवधिमा ७२ लाख २० हजार खुद नाफा आर्जन गरेको छ । कम्पनीके जगेडा कोषमा २३ लाख ५९ हजार सञ्चित रहेको छ ।
नेपाल एग्रो लघुवित्तले सल्यान, प्युठान, रोल्पा, पाल्पा, गुल्मी, पर्वत, वाग्लुङ, कास्की, तनहुँ र लम्जुङ गरी १० जिल्लाका २६ शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी तेजेन्द्र शर्मा अधिकृत लम्सालका अनुसार संस्थाको सल्यानमा ३, प्युठानमा १, रोल्पामा १, पाल्पामा ३ र गुल्मीमा ४ शाखा गरी प्रदेश नंं ५ अन्तर्गत १२ शाखा र गण्डकी प्रदेशमा १४ शाखा सञ्चालनमा छन् ।