सहारा विकास बैंकको हकप्रद कारोबारका लागि सूचीकृत

Feb 05, 2019 Merolagani

सहारा विकास बैंक लिमिटेड (SHBL) को ९ लाख ३ हजार ७२१ कित्ता हकप्रद शेयर माघ २२ गते मंगलबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

बैंकले यसअघि जारी गरेको चुक्ता पूँजीको २५० प्रतिशत हकप्रदमध्ये आंशिक शेयर सूचीकरण गरेको हो । बैंकले कूल १८ लाख २४ हजार ८७० कित्ता हकप्रद जारी गरेकाे थियाे ।

देव विकास बैंकसँग विलिन हुने सम्झौता गरेको सहाराले माघ २३ गते बुधबार ७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको १३० औं बैठकले सलार्हिको मलंगवा ८ स्थित होटेल कुसुम एण्ड पार्टि प्यालेसमा साधारण सभा आह्वान गरेको हो ।

साधारण सभामा बैंकले आर्थिक वर्ष २०७३/७४ काे नाफाबाट चुक्ता पूँजी ७ करोड २९ लाख ९४ हजार ८०० रुपैयाँको २३ प्रतिशत अर्थात एक करोड ६७ लाख ८८ हजार ८०४ रुपैयाँ बोनस शेयर तथा कर प्रयोजनका लागि १.२१ प्रतिशत (चार लाख ७२ हजार ५४५ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

तयसैगरि बैंकले मर्जर तथा प्राप्ती सम्बन्धमा छलफल गरि पारित गर्ने तथा देव विकास बैंकसँग प्राप्ती सम्बन्धमा छलफल गरि आवश्यक निणर्य गर्ने विशेष प्रस्ताव गरेको छ । मर्जर तथा प्राप्ती सम्बन्धमा आवश्यक सम्झौता गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डा सभामा रहेको छ ।

हाल बैंककाे चुक्त्ता पूँजी ७ कराेड २९ लाख ९४ हजार ८०० रूपैयाँ रहेकाे छ । २३ प्रतिशत बाेनस र २५० प्रतिशत हकप्रदछि बैंककाे चुक्त्ता पूँजी २७ कराेड २२ लाख ७० हजार ६०० रूपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।