चुक्ता पूँजी ५० करोड २८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।
पुस मसान्तसम्ममा दुई अर्ब ८६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ८३ करोड २३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
समीक्षा अवधिमा बैंकले तीन करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गतवर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी एक करोड ७३ लाख रुपैयाँ अर्थात ८२.४ प्रतिशतले धेरै हो । बैंकले व्यवसायलाई बिस्तार गरेका कारण नै खुद व्याज आम्दानीमा बढोत्तरी आउँदा कमाईको बाटो समातेको हो ।
निष्कृय कर्जा अनुपात २.९७ प्रतिशत रहेको बैंकको प्रतिशेयर आम्दानी ९८ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ९२ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १०८.२७ गुणा बढी छ ।