सानिमा बैंकले कान्तिपथ र गठ्ठाघरमा खेल्यो शाखा

Feb 06, 2019 Merolagani

सानिमा बैंक (SANIMA) ले काठमाण्डौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा ७५ र ७६ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन् ।

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले थप सेवा तथा सुविधाका लागि बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताएका थिए ।

त्यसै गरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले कान्तिपथ र गठ्ठाघर शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समुद्घाटन समारोहमा मह जोडीले सबल अनि विश्वसनीय बैंक को रुपमा निरन्तर विस्तार हुन शुभकामना दिएका थिए ।

सानिमा बैंकको बिस्तारित शाखा समेत गरी ७६ वटा शाखा संजाल तथा ७२ वटा ए.टि.एम. सञ्चालनमा आएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।