गत मंसिर महिनामा तीन करोड रुपैयाँ बराबरको आईपिओ बिक्री गरेर लघुवित्तले १० करोड रुपैयाँ चुक्ता पूँजी पूर्याएको छ । लघुवित्तको जगेडा कोषमा ४ करोड ६७ लाख रुपैयाँ सञ्चित गरेको छ । गत वर्षको पुसको तुलनामा लघुवित्तले दुई करोड २७ लाख रुपैयाँले जगेडा कोष बढाएको हो ।
पुस मसान्तसम्ममा ३० करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ३९ करोड ९३ लाख रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट सापटी लिएर ८४ करोड ६७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले तीन करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको तुलनामा १४.५ प्रतिशतले बढी हो । लघुवित्तको सञ्चालन नाफा एक करोड ५७ लाख रुपैयाँ छ ।
लघुवित्तमा निष्कृय कर्जा अनुपात १.३५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४२ पैसाबाट २० रुपैयाँ ०७ पैसामा बढेको छ । यस्तै लघुवित्तको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ७७ पैसा र मूल्यआम्दानी अनुपात ३२.२९ गुणा बढी छ ।