सिभिल बैंकको “सम्मान बचत खाता”मा ७ लाखसम्म दूर्घटना तथा एक लाखसम्मको औषधोपचार बीमा

Feb 06, 2019 Merolagani

सिभिल बैंक लिमिटेड (CBL) ले नयाँ बचत खाता योजना “सम्मान बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा रु ७ लाखसम्मको दूर्घटना मृत्यू÷अपाङ्ग बीमा तथा अस्पताल भर्ना भई लागेको १ लाख रुपैयाँ सम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने जनाएको छ ।

यस योजनामा ग्राहक महानुभावहरुले बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ ।

न्यूनतम मौज्दात शुन्य रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निशुल्क आश्वा सुविधा रहेकोे कुरा बैंकले जनाएको छ ।

हालसालै जारी गरीएको श्रम ऐन अनुसार प्रत्येक संघ–संस्थाले आफ्नो श्रमिक÷कर्मचारीहरुलाई ७ लाखसम्मको दूर्घटना मृत्यू/अपाङ्ग बीमा तथा औषधोपचार खर्चको लागी १ लाख सम्मको बीमा गराउनुपर्ने नियम रहेकोमा बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेकोले यस योजनाबाट संघ–संस्था लगायत ग्राहकवर्गहरु लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।