नेपाल हाइड्रो डेभलोपरको खुद नाफा घट्यो, जगेडा कोषमा आकर्षक बढोत्तरी

Feb 07, 2019 Merolagani

नेपाल हाइड्रो डेभलोपर लिमिटेड (NHDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जगेडा कोषको आकारमा भने आकर्षक वृद्धि गर्दै एक करोड ८९ लाख बढाएको छ ।

नेपाल हाइड्रो डेभलोपरले यस अवधिमा २ करोड १५ लाख खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ३.३० प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड २२ लाख खुद नाफा आर्जन गरेको थियो । 

यस अवधिमा २६ करोडको चुक्ता पूँजी स्थिर राखेको कम्पनीले जगेडा कोषमा १३८.१६ प्रतिशतले सुधार गरेको छ । गत वर्ष जगेडा कोषमा एक करोड ३६ लाख सञ्चित गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड २५ लाख रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी घटेसँगै कम्पनीको खुद नाफामा गिरावट देखिएको हो । गत वर्ष विद्युत बिक्री मार्फत् ६ करोड ७७ लाख आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८५ लाख ९० हजार घटेर ५ करोड ९१ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ११ पैसाबाट घटेर १६ रुपैयाँ ५५ पैसा कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात १४.९८ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।