मेरो माइक्रोफाईनान्सको हकप्रदपछि शेयरमूल्य समायोजन

Feb 07, 2019 Merolagani

मेरो माइक्रोफाइनान्स (MERO) को बिहीबार नेपाल स्टक एक्सचेञ्जमा शतप्रतिशत हकप्रदपछि शेयरमूल्य समायोजन भएको छ। कम्पनीले हकप्रद निष्काशनका लागि माघ २४ गते शेयरधनी दर्ता किताब बन्द गरेसँगै नेप्सेले बिहीबार शेयरमूल्य समायोजन गरेको हो ।

यसअनुसार माघ २३ गते बुधबारसम्म कायम रहेका शेयरधनीले मात्र माइक्रोफाइनान्सको हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

नेप्सेले माइक्रोफाईनान्सको शतप्रतिशत हकप्रदपछि प्रतिकित्ता ५९६ रुपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको हो । यहि मूल्यलाई आधार मानेर बिहीबार कम्पनीको शेयर कारोबार खुलेको छ । नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा माइक्रोफाइनान्सको औसत आधार मूल्य ८१४ रुपैयाँ कायम भएको छ ।

हाल माईक्रोफाइनान्सको चुक्ता पूँजी ३२ करोड ८९ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि माईक्रोफाईनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा माइक्रोफाईनान्सले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । माईक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।