गुराँस लाइफको खुद बीमाशुल्क २९ प्रतिशतले बढ्यो, खुद नाफा कति ?

Feb 07, 2019 Merolagani

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (GLICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमाशुल्क आर्जन रकम गत आवको पुस मसान्तको तुलनामा २९.३७ प्रतिशतले बढाएको छ।

कम्पनीले चालू आवको ६ महिना अवधिमा कम्पनीले ७१ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आवको पुसमा कम्पनीको खुद बीमा शुल्क आर्जन ५५ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले ४ करोड ९ लाख ९५ हजार खुद नाफा आर्जन गरेको छ। गत वर्ष पुसमा ३ करोड ८२ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ७.१४ प्रतिशत बढी हो ।

धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएको गुराँस लाइफले चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको ५९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । गत पुसमा वार्षिक १२ रुपैयाँ ८८ पैसा रहेको कम्पनी प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८० पैसामा बढेको छ ।

यस कम्पनीको जीवन बीमा कोषको आकार ३ अर्ब ५६ करोड ३ लाखबाट ३६.९० प्रतिशत बढेर ४ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको महाविपत्ति जगेडा कोषमा ३ करोड २३ लाख र जगेडा कोषमा २६ करोड ५२ लाख सञ्चित छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोष २१.५६ र जगेडा कोष २४.२० प्रतिशतले बढेको हो ।

जारी बीमालेखको संख्या एक लाख ९२ हजारबाट दुई लाख पुर्याएको यस कम्पनीले यसे त्रैमाससम्म कूल ६ अर्ब ६१ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ मात्र आर्जन गरेको थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात ५१.४४ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।