५ वर्षमा उत्कृष्ट बीमा कम्पनी बन्ने लक्ष्यसहित महालक्ष्मी लाइफको बजार प्रवेश , बीमा योजना सार्वजनिक

Feb 07, 2019 Merolagani

नेपालको सबैभन्दा कान्छो तथा १९ औं जीवन बीमा कम्पनीको रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७५ माघ २७ गते आइतबारदेखि विधिवत् रुपमा कारोबार सुरु गर्ने भएको छ । कारोबार शुभारम्भ संगै कम्पनीले बीमा समितिबाट स्वीकृति लिए अनुरुप महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी तीन किसिमको बीमा योजना बिक्रि सुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ ।

दोश्रो लगानी फिर्ता म्यादी बीमा योजनामा बीमा शुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गरिनेछ ।

तेस्रो महालक्ष्मी सावधिक बीमा योजना अन्तर्गत न्युनतम बीमाशुल्कमा सुरक्षा पनि पाइने, बचत पनि हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने छ ।

उपरोक्त तीनवटा बीमा योजना मध्ये महालक्ष्मी डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना नेपालमा पहिलो पटक सार्वजनिक भएको नौलो बीमा योजना रहेको कम्पनीले जनायो ।

कम्पनीले माघ भित्र काठमाडौं, वीरगंज, पोखराबाट कारोवार गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साता भित्र कारोबार संचालनको तयारी गरिएको छ । कार्यालय सजावट सकिए लगत्तै प्रधान कार्यालय र सातै प्रदेशमा कार्यालयहरु एकैपटक औपचारिक रुपमा सञ्चालनमा आउने बताइएको छ ।

कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालयको स्वीकृति लिए अनुसार फागुुन भित्र विर्तामोड, इटहरी, लहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा शाखा कार्यालय खोलिसक्ने योेजनामा कम्पनी छ ।
२०७६ आषाढ भित्र मध्य पहाडी क्षेत्रका १२ वटा र काठमाण्डौं उपत्यका भित्र थप १० वटा समेत कूल ३५ वटा शाखा कार्यालय सञ्चालन गर्ने बताइएको छ ।

बीमा समितिले तोके अनुसार २ अर्ब रुपैंया चुक्ता पूँजी बनाउनु पर्ने हुन्छ । संस्थापकहरुबाट १ अर्ब ४० करोड रुपैंया पूँजी चुक्ता भएको कम्पनीले सर्वसाधारणमा ६० करोडको साधारण शेयर निष्काशन गर्नेछ ।
कम्पनीको सञ्चालक समितिमा अध्यक्ष मनोरञ्जन रमण शर्मा तथा सञ्चालकहरु उमेशलाल श्रेष्ठ, मोहन राज जोशी र सुरेश सापकोटा छन् । महालक्ष्मीको कारोबारको पूनर्बीमा विश्वकै अग्रणी म्युनिख री र अनिवार्य पूनर्बीमा नेपाल री सँग रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कम्पनीले आगामी आषाढ मसान्त सम्मको ५ महिनामा करीब ५० करोड रुपैंया बीमाशुल्क संकलन गर्ने लक्ष्य अनुरुप काम भैरहेको जनाएको छ । कम्पनी सञ्चालन भएको २ वर्ष भित्र १० वटा नयाँ बीमा कम्पनीहरु मध्ये पहिलो हुने र आगामी ५ वर्ष भित्र सम्पूर्ण जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनी हुने लक्ष्य कम्पनीले लिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।