अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क पौने चार करोड

Feb 08, 2019 Merolagani

गत असार देखि कारोबार सुरु गरेको अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा इन्स्योरेन्सले १३ हजार २२८ बीमालेख जारी गरेको छ ।

कम्पनले यसअवधिमा १२ करोड १३ लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको छ । त्यस्तै पुर्नबीमा कमिशन वापत १ करोड ९१ लाख, लगानी कर्जा तथा अन्य आयावाट २४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा २२ दाबी संख्याको लागि २१ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ३४ दाबी वापत ५७ लाख ६९ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले जगेडा कोषमा २ करोड ४२ लाख रुपैयाँ, बीमा कोषमा ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा २५ लाख रुपैयाँ संचित छ ।

यस अवधिमा कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ७२ पैसा कायम छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।