प्राइम बैंक पनि अर्बपति क्लबमा, ६ महिनाको नाफा एक अर्ब ६ करोड

Feb 10, 2019 Merolagani

प्राइम कमर्सियल बैंक (PCBL)  पनि चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब बढी खुद नाफा कमाउने वाणिज्य बैंक बनेको छ । गतबर्षको यसै अवधिको तुलनामा करिब ३४ प्रतिशतले नाफा बढाएको बैंकले ६ महिनाको अवधिमा एक अर्ब ६ करोड खुद नाफा गरेको छ ।

नेपाल फाइनान्सिङ रिर्पो्टिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसार आइतबार प्रकाशित दोस्रो त्रैमासमा बैंकले ९३ करोड ४२ लाख रुपैयाँ लाभांश क्षमता बनाएको छ । बैंकका अधिकांश सूचकहरुमा उत्साहप्रद सुधार देखिएको छ ।

चुक्तापूँजी २७ प्रतिशतले बढाएको बैंकको जगेडाकोष, निक्षेप संकलन तथा कर्जा विस्तार देखिएको छ । बैंकले ब्याज आम्दानीसँगै संचालन नाफा पनि उल्लेखिय रुपमा बढाएको छ । तर बैंकको खराब कर्जाको अनुपात भने केहि बढेको छ ।

आठ अर्ब तीन करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा चार अर्ब २२ करोड सञ्चित रहेको छ । यस अवधिमा बैंकले ७६ अर्ब ७२ करोड निक्षेप संकलन गरेको छ भने ७२ अर्ब ६० करोड कर्जा प्रवाह गरेको छ ।

 

बैंकको खुद ब्याज आम्दानी ५२ प्रतिशतले सुधारिएको छ । बैंकले एक अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको छ । कोषको लागत बढ्न नदिँदा बैंकको खुद ब्याज आम्दानीमा उत्साहजनक सुधार आएको हो ।

बैंकको खराब कर्जा १.५८ प्रतिशत छ । गतबर्षको दोस्रो त्रैमासमा यस्तो अनुपात १.४३ प्रतिशत थियो । बैंकले प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा कायम गरेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ५५ पैसा, कोषको लागत ८.२९ प्रतिशत र आधार ब्याजदर १०.१७ र पूँजी कोष अनुपात १२.६८ प्रतिशत रहेको छ । बैंकलाई पूँजी कोष अनुपातमा भने सुधार आवश्यक देखिन्छ ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।