प्रभु बैंकले संस्थापक शेयरको हिस्सा घटाउने, ६.३१ प्रतिशत साधारणमा रुपान्तरण

Feb 10, 2019 Merolagani

प्रभु बैंक (PRVU) ले संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ । आगामी फागुन १९ गतेका लागि बैंकले डाकेकोे सत्रौ बार्षिक साधारणसभा बाट संस्थापकको ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४५ कायम गर्ने प्रस्ताव बैंकले गरेको छ ।

हाल बैंकमा संस्थापकको ६१.३१ र सर्वसाधारणको ३८.६९ प्रतिशत शेयर स्वामित्व छ ।

साथै बैंकले साधारणसभा बाट आठ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ। बैंकले यसअघि पाँच प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। तर राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड रुपैयाँ जम्मा गरी सञ्चित मुनाफाबाट बोनस शेयर प्रस्ताव गर्न निर्देशन दिएपछि लाभांश संशोधन गरेको थियो ।

८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ चुत्तापूँजी भएको बैंकले ८ प्रतिशत अर्थात ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बोनस पश्चात बैंकको ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

साथै बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा लग्दैछ । साधारण सभा प्रयोजनका लागि फागुन ६ गतेदेखि शेयरधनी पुस्तिका बन्द गरिने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।