पर्यावरण मैत्री पाँच तारे हाेटल थपियाे, ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ बन्याे नेपालकाे साताैँ पाँचतारे हाेटल

Feb 10, 2019 rss

नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ ।वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो । विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको हाटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले जानकारी दिए।

सरकारले काठमाडौँ बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछि अहिलेकै पूर्वाधारमा होटलले पाँचतारेका लागि आवेदन दिएको थियो । नेपालकै पहिलो हरित (ग्रिन) होटल दाबी गरिएको सो होटलले प्रयोगमा ल्याएको सम्पूर्ण प्रविधि पूर्ण वातावरणमैत्री छ । सोल्टी वेस्टेण्ड प्रिमियर कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गर्ने र कम ऊर्जा खपत गर्ने नेपालकै पहिलो होटल मानिएको छ ।

खड्काका अनुसार बिएमएक (बिल्डिङ म्यानेजमेन्ट सिस्टम), जिरो कार्बनफुटप्रिन्ट, वातावरण अनुकूलनका लागि रेडियन्ट टेक्नोलोजीको प्रयोग, होटलबाट निस्कने फोहरलाई प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा ट्वाइलेटको फलस, बगैँचा र चिलर प्लान्टलाई कुलिङ गर्नका लागि प्रयोग गरिनुका साथै ठोस वस्तुलाई प्राङ्गारिक मलका रुपमा प्रयोग गर्नु होटलको विशेषता हो ।

काठमाडौँको होटेल सोल्टी क्राउन प्लाजा लिमिटेडकै भगिनी संस्थाका रुपमा नेपालगञ्जमा सोल्टी वेस्टेण्ड सञ्चालनमा आएको छ । पाँचतारे होटलको मान्यता पाएपछि सोल्टी वेस्टेण्डमा अब लाइभ क्यासिनो सञ्चालनमा आउनेछ । अहिले मिनी क्यासिनो चलाइरहेको होटलमा काठमाडौँको सोल्टीमा क्यासिनो चलाइरहेको महाजनले नै चलाउने बताइएको छ । नेपालमा लाइभ क्यासिनो चलाउनका लागि पाँचतारेस्तरको होटल तथा रिसोर्ट हुनुपर्छ ।

योसँगै नेपालमा सञ्चालनमा रहेका पाँचतारे होटलको सङ्ख्या सात पुगेको छ । एभरेष्ट होटल र फूलबारी रिसोर्ट अहिले बन्द छन् । त्यस्तै भैरहवाको पवन प्यालेस, काठमाडौँको अलफ्ट पाँचतारेका रुपमा सञ्चालन हुने तयारीमा छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।