नेप्से १२ अंकले घटेर ११२७ मा झर्यो, २३ करोडको कारोबार

Feb 10, 2019 Merolagani

साताको पहिलो दिन आइतबार नेप्समा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुल्ला भए देखि लगातार ओरालो लागेको नेप्से परिसूचक १२.०५ अंकले घटेर ११२७.५३ अंकमा झरेकोे छ । यसदिन १६० कम्पनीको ७ लाख ८२ हजार ४७७ कित्ता शेयर २३ करोड ५१ लाख रुपैयाँमा खरिद बिक्री भयो । 

आइतबार कारोबारमा आएका दश उपसूचक मध्ये होटल समूहको सूचक बाहेक सबै सूचक ओरालो लागेको छन् । होटलको सूचक ११.६८ अंकले बढेको छ । यस दिनको कारोबारमा जीवन बीमा समूहको सूचक सबै भन्दा धैरै अर्थात १६०.२६ अंकले घटेको छ भने र्निजीवन बीमाको ११०.०८ अंकले ओरालो लागेको छ । 

जलविद्युतको २६.१८, लघुवित्तको १५.७१, विकास बैंकको १४.६५, बैकिङ्गको ६.७२, अन्य, ५.७३, वित्त ५.७२ र उत्पादन तथा प्रशोधन समूहको सूचक ५. ३५ अंकले झरेका छन् ।

आइतबार माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ६७ हजार ७९५ कित्ता शेयर एक करोड ४० लाख रुपैयाँमा किनबेच भएको छ । साथै माथिल्लो तामाकोशी र नेपाल बैंकको शेयर कारोबार रकम एक करोड रुपैयाँ भन्दा माथि छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये यस दिन ११ वटा कम्पनीको मात्र शेयर मूल्यमा सामान्य सुधार भएको छ । जसमा विजया लघुवित्त, सोल्टि होटल, भार्गव विकास बैंक, कालिका लघुवित्त र रैराङ्ग हाईड्रोपावरको शेयर मूल्य एक प्रतिशत भन्दा धेरैले बढेको छ ।

साथै माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नेपाल इन्स्योरेन्स डिप्रोक्स लघुवित्त, नेशनल माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको शेयर मूल्य झिनो अंकले बढयो ।

उता श्री इन्भेष्टमेन्ट फाईनान्सको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ५.८८ प्रतिशतले ओरालो लाग्यो भने सामुदायिक लघुवित्तको ५.०४ प्रतिशतले घटयो ।

जोशी हाईड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, हिमालयन पावर र नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटयो । साथै शिखर इन्स्योरेन्स, उन्नती माइक्रोफाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स र सूर्य लाइफ इन्स्योरेन्सको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले संकुचित भएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।