नेप्सेको त्रुटी दोहोरियो, वाेमीकाे प्रस्ताव नै पारित नभएको हकप्रदमा शेयरमूल्य समायोजन

Feb 11, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयरमूल्य समायोजनमा दोस्रो पटक त्रुटी दोहोर्याएको छ।यसअघि नेपाल ग्रामिण विकास लघुवित्तको हकप्रदमा यस्तै गल्ती गरेको नेप्सेले सोमबार वोमी माइक्रोफाइनान्स (WOMI) को पनि प्रस्ताव नै पारित नभएको शतप्रतिशत हकप्रदको शेयरमूल्य समायोजन गरेको हो।

हालसम्म कुनैपनि कम्पनीको हकप्रदको शेयरमूल्य समायोजन गर्दा सम्बन्धित कम्पनीले जारी गर्ने हकप्रद प्रस्ताव सञ्चालक समितिले निर्णय गरि छलफलका लागि साधारण सभा वा विशेष साधारण सभा डाकेर सो सभाबाट पारित गरिन्छ । साे पश्चात नियामक निकाय धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात मात्र हकप्रद जारी गर्नका लागि एक दिन शेयरधनी दर्ता किताब (बुकक्लोज) गरिँदै आएको छ ।

कम्पनीहरुलाई रेगुलेशन गर्ने निकायबाटै यस प्रकारको गल्ती पटक पटक दोहोरिँदा नेप्सेप्रति आम लगानीकर्ताको विश्वास कमजोर हुने त छँदै छ । नेप्सेको गरेको गल्तीका कारण सोमबार कम्पनीको शेयर कारोबार हुन सकेको छैन । जसले लगानीकर्ताले आफ्नो सम्पत्ति बेचविखन गर्न सकेका छैनन् । भने गलत समयमा शेयरमूल्यमा पर्ने असरको भागिदार पनि कम्पनीका शेयरधनीले सामाना गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यहाँ वोमी माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद प्रस्ताव पारित गर्न फागुन ६ गते विशेष साधारणसभा आह्वान गरेको छ। सो सभाले कम्पनीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ बराबर हकप्रद प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २८ अर्थात सोमबार एक दिन बुकक्लोज गर्ने मिति तोकेको हो ।

सोमबार शेयर बजार खुल्नु अगाडि नेपाल स्टक एक्सचेञ्ज नेप्सेको वेवसाइटमा वोमी माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन गरिएको सूचना प्रकाशित भयो। सूचना कहिले राख्ने कहिले हटाउने क्रम चलि नै रह्याे । बाेर्ड बैठक बसेर छलफल भइरहेकाे बताएका नेप्सेका एक अधिकारीले कम्पनीकाे सूचनाअनुसार नै वाेमी माइक्राेफाइनान्सकाे शेयरमूल्य समायाेजन गरिएकाे दाबी समेत गरे । नेप्सेले सूचना प्रकाशनमा गरेको त्रुटी र लापरवाहीले शेयर बजारका लगानीकर्तालाई फेरि नेप्सेप्रति आक्रोशित बनाएको छ ।

नेप्सेले सोमबार वोमीको शतप्रतिशत हकप्रदपछि ६१० रुपैयाँ र औसत आधारमूल्य ९८९ रुपैयाँ ४४ पैसा कायम गरेको सूचना प्रवाह गरेको सूचना यस्ताे छ

 

नेप्सेले फागुन ६ गते डाकेको विशेष साधारणसभाबाट पारित हुनसक्ने (विशेष साधारण सभाबाट अनुमोदन नभएको खण्डमा कतिपय अवस्थामा हकप्रद प्रस्ताव नै खारेज हुन सक्ने सम्भावना समेत रहन्छ) हकप्रदको विशेष साधारण सभाको बुकक्लोजको दिनमा नै गलत तरिकाले शेयरमूल्य समायोजन गरेर गम्भिर त्रुटी र लापरवाही गरेको छ ।

हाल कम्पनीको १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेकोमा माइक्रोफाइनान्सको प्रस्तावित शतप्रतिशत हकप्रद पारित भई धितोपत्र बोर्डबाट अनुमति पाएर जारी भएपश्चात कम्पनीको चुक्ता पूँजी २० करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।