कम्पनीले हाल सम्म २६ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले यस अवधिमा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्र्जन गरेको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा कम्पनीले ३ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
एक अर्ब ४० करोड रुपैंया चुक्ता पूँजी रहेको प्रभु लाईफको जगेडा कोषमा ६ करोड ३० लाख रुपैयाँ सञ्चित छ । त्यस्तै जीवन बीमा कोषमा १७ करोड ३९ लाख रुपैयाँ र महा विपत्ती जगेडा कोषमा ३९ लाख १९ हजार रुपैयाँ सञ्चित छ ।
हाल सम्म १२ हजार २८१ बीमा लेख जारी गरेको कम्पनीले एउटा दाबी वापत ५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने दुई वटा दाबी वापत ७ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
बीमा समतिले तोकेको न्युनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले ६० करोडको साधारण शेयर जारी गर्नेछ ।