नेपाल लाईफको पोलिसि अब कामना सेवा विकास बैंकबाट पनि खरिद गर्न सकिने

Feb 11, 2019 Merolagani

कामना विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स बीच बैंकस्योरेन्स सम्बन्धी सम्झौता भएको छ। यससँगै इन्स्योरेन्सको सम्पूर्ण जीबन बीमा पोलेसीहरु अब कामना सेवन विकास बैंकका ग्राहकहरुले बैंक मार्फत खरिद गर्न सक्नेछन् ।

बैंकास्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कायैकारी अधिकृत प्रविण बस्नेत र इन्स्योरेन्सको तर्फबाट सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै बैंकका व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न स्थानमा ६४ वटा शाखा कार्यालय र १७ वटा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रवाह गर्दे आइरहेको छ ।

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो एजिएम, साढे ४८ प्रतिशत लाभांश बाँड्न कहिले गर्दैछ बुकक्लोज ?

Apr 26, 2019

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीमध्ये पहिलो साधारण सभा डाक्ने कम्पनी बनेको छ। इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार होटल दियालो वीरगञ्जमा बिहान ९:३० बजे १९ औं वार्षिक साधारण सभा बोलाएको हो।