एनसीसी बैंकको लिलाममा बेचिएको शेयर नेप्सेमा सूचीकृत, चुक्ता पूँजी अझै ८ अर्ब पुगेन

Feb 11, 2019 Merolagani

नेपाल क्रेडिल एण्ड कमर्सियल बैंक (NCCB) को लिलामीमा बिक्री भएको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। यढस अघि नै हकप्रदमा बिक्री भएको शेयर सूचीकरण भैसकेकोमा लिलामीबाट बिक्री भएको शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गरिएको हो।

बैंकले ५० प्रतिशतले हुने २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता शेयर निष्काशन गर्दा ७९ लाख १० हजार ९९३ कित्ता शेयर बिक्री भएको थिएन । सोही बेला बैंकले हकप्रदमा बिक्री भएको १ करोड ५४ लाख ४ हजार २९८ कित्ता शेयर सूचीकरण गराउने क्रममा २८८ कित्ता साधारण शेयर सूचीकरण हुन छुटेको थियो ।

पहिलो चरणमा सूचीकरण हुन छुटेको २८८ कित्ता तथा लिलाममा बिक्री गरिएको ७९ लाख १० हजार ९९३ लाख कित्ता गरि ७९ लाख ११ हजार २८१ कित्ता शेयर नेप्सेमा सूचीकरण गरिएको एनसीसी बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले मेरोलगानीलाई जानकारी दिए ।

बैंकले चुक्ता पूँजी वृद्धि गर्न २ः१ अनुपालतमा २ करोड ३३ लाख २९१ कित्ता हकप्रद गत भदौ ४ गते देखि असोज २२ गते बिक्री गरेको थियो ।

बैंकले हकप्रद शेयरको बिक्रीबाट २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ चुक्ता पुँजी जुटाएको छ । हकप्रद निष्काशन तथा लिलामबाट शेयर बिक्री भए पश्चात ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँको पूँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब पूँजी अझै पुगेको छैन ।

हकप्रदपछि ९९ करोड रुपैयाँ बराबरको सञ्चित नाफाबाट बोनस वितरण गरेर वा अन्य विकल्पबाट बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुर्याउनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।