सूचक झिनो अंकले सुधार भएपनि कारोबार अझै दबाबमा

Feb 11, 2019 Merolagani

नेप्से परिसूचक सोमबार  झिनो सुधार भएको बजारमा करोबार रकम भने घटेको छ। आइतबार दोहोरो अंकले घटेर २३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको शेयर बजारमा सोमबार करिब ३ करोड कम कारोबार भएको हो ।

  सोमबार नेप्से १.३४ अंकले सुधार आउदाँ ११२८.८६ बिन्दुमा पुगेको छ । यस दिन १६६ कम्पनीका ६ लाख ८७ हजार ३३६ कित्ता शेयर किनबेच हुँदा २० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भयो । 

आठ उपसूचक सकारात्मक

कारोबारमा आएका १० उपसूचक मध्ये आठ सकारात्मक बनेका छन् भने २ सूचक ऋणात्मक देखिएका छन् । जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै २४.४२ अंकले बढेको छ ।

विकास बैंक१३.७१, होटल्स् १३.३४, माइक्रोफाइनान्स १०.४५, निर्जीवन बीमाको सूचक १०.२१ अंकले बढेका छन्। यस्तै हाइड्रोपावर २.४४, फाइनान्स २.४ र अन्य समुहको सूचक पनि २.३६ अंकले सकारात्मक रहे ।

यता उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा धेरै १०.२४ अंकले ऋणात्मक भएको छ । यस्तै वाणिज्य बैंकको सूचक पनि १.४८ अंकले ओरालो लागेको छ ।

 

अपर तामाकोशीको उच्च कारोबार

सोमबार अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ। तामाकोशीको ६१ हजार १३ कित्ता शेयर एक करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुदाँ अन्य कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।

यस दिन एनसिसी बैंकको ९३ लाख रुपैयाँ, एनएमबि बैंकको ८२ लाख ८५ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८० लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भयो । नबिल बैंक प्रमोटर ७१ लाख ८६ हजार तथा प्रभु बैंक, नेशनल लाई र नेपाल इन्स्योरेन्सको पनि ५० लाख बढीको शेयर कारोबार भयो ।

चौतारी लघुवित्तका शेयरधनीले धेरै कमाउँदा बरुण हाइड्रोकाले गुमाए

यस दिन चौतारी लघुवित्तको शेयरमूल्य सबै भन्दा धेरै ९.८९ प्रतिशतले बढेको छ । कालिका पावर कम्पनीका शेयरधनीले ७.७८ प्रतिशत, श्री इनभेष्टमेन्ट फाइनान्सका शेयरधनीले ५.४७ प्रतिशतले कमाएका छन् ।

यस्तै सानाकिसान विकास बैंक, रैराङ्ग हाइड्रोपावर, महिला सहयात्री माइक्रोफइनान्सको शेयर मुल्य ३ प्रतिशत भन्दा बढीले बढेका छन् ।

यता बरुण हाइड्रोपावरको शेयर मल्य सबैभन्दा धेरै ७.५१ प्रतिशतले घटेको छ । यस्तै सिद्धार्थ इनस्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्सका शेयरधनीहरुले २ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

यस्तै युनिलिभर नेपाल, छ्याङदी हाइड्रोपावर, सानिमा इक्वुटी फण्डको इकाई मुल्य, किसान माइक्रोफाइनान्स, कालिका लघुवित्त, सिभिल लघुवित्तको शेयर मुल्य १ प्रतिशत भन्दा बढीको घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।