२४० प्रतिशतले खुद नाफा बढाएको एउटा लघुवित्त, प्रतिशेयर आम्दानी कति ?

Feb 11, 2019 Merolagani

महिला सहयात्रा माइक्रोफाइनान्सले चालु आर्थिकवर्षको दोस्रो त्रैमासमा एक करोड २५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसैअवधिको तुलनामा माइक्रोफाइनान्सको खुद नाफा २३९.९२ प्रतिशतले बढेको हो । गतवर्षको यसै अवधिमा माइक्रोफाइनान्सले ३६ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

माइक्रोफाइनान्सको सञ्चालन आम्दानी र ब्याज आम्दानीमा सुधार हुदा खुद नाफामा बढोत्तरी भएको देखिन्छ ।

माइक्रोफाइनान्सले नाफा वृद्धिमा फड्को मार्दा प्रतिशेयर आम्दानी भने २० रुपैयाँ ७४ पैसा कायम भएको छ । गवर्षको यसै अवधिमा प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा थियो ।

चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा दुई करोड ३१ लाख रुपैयाँ सञ्चित छ ।

माइक्रोफाइनन्सले निक्षेप संकलन र कर्जा परिचालनलाई उल्लेख्य रुपमा बढोत्तरी गरेको छ । पुस मसान्तसम्ममा २३ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले ६५ करोड ७३ लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्थामार्फत सापटि लिएर एक अर्ब दुई करोड ४२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा तीन करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ४१.२३ प्रतिशले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा माइक्रोफाइनान्सले दुई करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात २.३३ प्रतिशत छ । माईक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २६.९० गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।