सिभिल बैंकको खुद नाफा करिब ५०% बढ्यो,यस्तो छ अन्य प्रगति

Feb 12, 2019 Merolagani

सिभिल बैंक (CBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यसै अवधिको तुलनामा बैंकको खुद नाफा ११ करोड ९५ लाख रुपैयाँ अर्थात ४९.७८ प्रतिशतले बढोत्तरी भएको हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा २४ करोड एक लाख रुपैयाँ रहेको थियो । 

फ्रि प्रोफिट करिब २४ करोड

नेपाल फाइनान्सिङ्ग रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार बैंकले ३५ करोड ९७ लाख खुद नाफाबाट राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट वापत ११ करोड ९९ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफाभन्दा फ्रि प्रोफिट घटेको देखिन्छ ।

चालू आवको पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) २३ करोड ९८ लाख रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट दुई करोड २८ लाख रुपैयाँ अर्थात १०.५३ प्रतिशतले धेरै हो ।

पूँजी वृद्धिको बाबजुत प्रतिशेयर आम्दानी सन्तुलनमा

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ करोड १८ लाख रुपैयाँबाट ५४.३५ प्रतिशतले बढेर ८ अर्ब ३३ लाख रुपैयाँ पुगेको छ । पूँजी वृद्धिको बाबजुत बैंकले व्यवसायको आकार बढाएर ६० प्रतिशत बढी ब्याज आम्दानी गर्दा मुनाफामा सुधार भई इपिएस बढ्न पुगेको छ ।

गत आवको पुस मसान्तसम्ममा बैंकको बैंकको प्रतिशेयर आम्दानी वार्षिक ८ रुपैयाँ ३४ पैसा रहेकोमा चालू आवको यसै अवधिमा ९ रुपैयाँ १ पैसा कायम भएको छ । यद्यपी बैंकको प्रतिशेयर नेटवर्थ भने १३ रुपैयाँ घटेर १३३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्यआम्दानी अनुपात १७.०९ गुणा बढी छ ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

निक्षेप संकलन भन्दा कर्जा परिचालनमा जोड

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा सिभिल बैंकको निक्षेप संकलन भन्दा कर्जा परिचालनको वृद्धि उच्च देखिन्छ । यस अवधिमा बैंकले आफ्नो बचत संकलन साढे १६ प्रतिशत बढाउँदा कर्जा लगानी करिब २७ प्रतिशतले विस्तार गरेको छ । जसले बैंककाे कर्जा निक्षेप अनुपात २.०९ बिन्दुले बढेर ७८.२१ प्रतिशतमा पुगेकाे छ ।

पुस मसान्तसम्ममा बैंकले ४३ अर्ब ८ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब २४ करोड सापटीबाट ४३ अर्ब ५५ करोड ६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसबाट बैंकले एक अर्ब ९ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ६०.६१ प्रतिशतले धेरै हो । गत आवको दोस्रो त्रैमासमा बैंकले ६८ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन आम्दानी पनि ६५ प्रतिशत बढेर ५१ करोड ९ लाख आर्जन भएको छ।

जगेडा काेष र खराब कर्जा अनुपातमा पनि सुधार

यस अवधिमा बैंकले जगेडा कोषको आकार १०.५० प्रतिशतले वृद्धि भएको छ । बैंकको जगेडा कोष २ अर्ब ४५ करोड ७५ लाखबाट बढेर दुई अर्ब ७१ करोड ५६ लाख रुपैयाँमा सञ्चित हुन पुगेको छ ।  यस त्रैमासमा बैंकको निष्कृय कर्जा अनुपातमा सुधार भएको छ । गत वर्ष पुस मसान्तमा बैंकमा ४.५२ प्रतिशत निष्कृय कर्जा अनुपात रहेकोमा यस पुस मसान्तमा ३.५४ प्रतिशतमा घटेको छ ।

पुस मसान्तसम्ममा बैंककाे आधार ब्याजदर ११.३१ प्रतिशत र काेषकाे लागत ८. २० प्रतिशत रहेकाे छ । गत आवकाे यसै अवधिकाे तुलनामा बैंककाे काेषकाे लागत ०.०६  प्रतिशतले बढेकाे हाे भने आधार ब्याजदर ०.१९ प्रतिशतले घटेकाे हाे ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।