विद्युत विक्री मार्फतको आम्दानी र अन्य स्रोत मार्फतको आम्दानी बढेसँगै हाइड्रोको नाफामा बढोत्तरी देखिएको हो ।
गत वर्ष विद्युत बेचेर २ करोड ३३ लाख आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत बेचेर ३ करोड २ लाख आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ६८ लाख ८३ हजार अर्थात् २९.५१ प्रतिशतले बढी हो ।
हाइड्रोको अन्य स्रोत मार्फतको आम्दानी १३१.१२ प्रतिशतले बढेको छ । गत वर्ष अन्य स्रोत मार्फत् ९७ लाख आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २४ लाख आम्दानी गरेको छ ।
योसँगै हाइड्रोले सञ्चालन खर्च र प्रशासनिक खर्चमा भारी मात्रामा व्यवस्थापन गरेको छ । हाइड्रोले प्रशासनिक खर्च ५० लाख ६ हजार रुपैयाँबाट २३ लाख ८ हजारमा झारेको छ भने सञ्चालन खर्च ३८ लाख ७९ हजारबाट २८ लाख १० हजारमा सीमित राखेको छ ।
९३ करोड ३० लाख बराबरको चुक्ता पूँजी स्थिर राखेको हाइड्रोले जगेडा कोषमा १५६.३४ प्रतिशतले सुधार गर्दै ५ करोड ४९ लाख रुपैयाँ सञ्चित गरेको छ ।
प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५१ पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात १६.१३ गुणा बढी छ ।