छ्याङ्दी हाइड्रोपावरको नाफा ३३ प्रतिशतले बढ्यो, जगेडा कोषमा सुधार

Feb 12, 2019 Merolagani

छ्याङ्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड २ लाख खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २५ लाख ३२ हजार अर्थात् ३३.०२ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा हाइड्रोले ७६ लाख ६७ हजार खुद नाफा आर्जन गरेको थियो ।

हाइड्रोको विद्युत विक्री मार्फतको आम्दानी भने ७ लाख ९ हजार अर्थात् २.१५ प्रतिशतले घटेको छ । गत वर्ष विद्युत बेचेर ३ करोड २९ लाख आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत बेचेर ३ करोड २२ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।

विद्युत विक्री घटेपनि सञ्चालन खर्च र प्रशासनिक खर्चमा व्यवस्थापन गरेकाले हाइड्रोको नाफामा सुधार देखिएको हो । यस अवधिमा हाइड्रोले सञ्चालन खर्च २० लाख ९९ हजार रुपैयाँबाट १६ लाख ६३ हजारमा र प्रशासनिक खर्च ४३ लाख ७१ हजारबाट ३५ लाख ४० हजामा व्यवस्थापन गरेको छ ।

त्यस्तै वित्तिय खर्च एक करोड ४२ लाखबाट एक करोड २४ लाखमा झारेको छ भने ह्रासकट्टी ४७ लाख १८ हजारबाट ४४ लाख ६० हजारमा झारेको छ ।

२७ करोडको चुक्ता पूँजी स्थिर राखेको हाइड्रोले जगेडा कोषमा ११५.३१ प्रतिशतले सुधार गर्दै एक करोड ७१ लाख रुपैयाँ सञ्चित गरेको छ ।

प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात २६.७३ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।