चिलिमे जलविद्युतको आम्दानी घटेसँगै नाफा खस्कियो, प्रतिशेयर आम्दानीमा गिरावट

Feb 12, 2019 Merolagani

चिलिमे जलविद्युत कम्पनी (CHCL) को खुद नाफा १३.६३ प्रतिशतले घटेको छ भने प्रतिशेयर आम्दानीमा ७ रुपैयाँ ७ पैसाको गिरावट देखिएको छ । गत वर्ष ५२ करोड ४६ लाख खुद नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४५ करोड ३१ लाख मात्र खुद नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी बढाएको कम्पनीको नाफा घटेकाले प्रतिशेयर आम्दानीमा गिरावट देखिएको हो । गत वर्ष २६ रुपैयाँ ४७ पैसा प्रतिशेयर आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४ पैसा छ ।

विद्युत विक्री मार्फतको आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घटेको हो । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत बेचेर ६२ करोड ४२ लाख आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १.२५ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत विक्री मार्फत् ६३ करोड २१ लाख आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीले वित्तिय आम्दानी २ करोड ४८ लाख बाट बढाएर ५ करोड ५५ लाख पुर्याएको छ भने अन्य स्रोत मार्फत एक लाख ७६ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

कम्पनीको सञ्चालन र प्रशासिनक खर्चमा भने बढोत्तरी देखिएको छ । गत वर्ष ६ करोड १८ सञ्चालन खर्च र एक करोड ५७ लाख प्रशासिनक खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्ममा ८ करोड ८२ लाख सञ्चालन खर्च र एक करोड ७८ लाख प्रशासनिक खर्च गरेको छ । यस अवधिमा कम्पनीको ह्रासकट्टी भने ३ करोड ८५ लाख बाट ३ करोड ५१ लाखमा झरेको छ ।

कम्पनीले चुक्ता पूँजी २० प्रतिशतले बढाएर ३ अर्ब ९६ करोड बाट ४ अर्ब ७५ करोड पुर्याएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात २८.५६ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।