गत वर्षको यसै अवधि कम्पनीले १८ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमा शुल्कमा सुधार देखिए पनि खुद नाफा भने घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा ८ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ करोड ६७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको हो । यो गत वर्षको यहि अवधिको तुलनामा ८५ लाख रुपैयाँले कम हो ।
कम्पनीले पुर्नबीमा कमिशन आयबाट ५ करोड ८८ लाख, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको बीमा कोषमा ४७ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा १७ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।
६५ हजार ६२६ वटा बीमालेख जारी गरी कम्पनीले कुल ६१ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा १० हजार ६१९ वटा बीमालेख नवीकरण भएका छन् ।
कम्पनीले २ हजार २०९ वटा दाबी वापत ३३ करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २ हजार ६२० वटा दाबी वापत ६१ करोड ६७ लाख रुपैयाँ भूक्तानी गर्न बाँकी छ ।
इन्स्योरेन्सको प्रति शेयर आम्दानी १७ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ३०.९३ गुणा बढी छ ।