युनाइटेड इन्स्योरेन्सको खुद नाफा ५७ प्रतिशतले घट्यो, २२ करोडको दाबी भुक्तान गर्न बाँकी

Feb 12, 2019 Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) को खुद नाफामा फराकिलो अन्तरको गिरावट आएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा युनाइटेडको खुद नाफा खुद नाफा ५७.२२ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले अहिले १ करोड ७४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको हो ।

कम्पनीले पुर्नबीमा कमिशन आयबाट २ करोड ४९ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्स कम्पनीले ९०९ वटा दाबी वापत १४ करोड २८ लाख कुल दाबी भुक्तानी गरेको छ भने १ हजार ६९० वटा दाबी वापत २२ करोड ७६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी देखिन्छ ।

गत वर्षको यसै अवधिमा चार करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको जगेडा कोषलाई भने सुधार गर्दै युनाइटेडले अहिले ४ करोड ४० लाख रुपैयाँ सञ्चित गरेको छ । यस्तै बीमा कोषमा ३० करोड ६८ लाख, महाविपत्ती कोषमा ८३ लाख ४३ हजार रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा कम्पनीले १५ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत बर्षको तुलनामा १ करोड ८० लाख रुपैयाँले कम हो । गत वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै कूल बीमा शूल्क गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३ करोड ७३ लाख रुपैयाँ घटेर २३ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल जारी बीमालेख २६ हजार ६१२ वटा छन् ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ८१ पैसा र मुल्य आम्दानी अनुपात १३८.९९ गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।