नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क तीन अर्ब नजिक

Feb 12, 2019 Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सले खुद बीमाशुल्क ५२ करोड ५५ लाख रुपैयाँले बढाएको हो ।

गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ४५ करोड ८५ लाख रुपैयाँ खद बीमा शूल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशनबाट १ करोड ४६ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ९६ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै बीमालेख धितोमा ३ अर्ब १ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेर ११ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सको खुद नाफा भने १७ करोड ११ लाख रुपैयाँ रहेको वित्तीय विबरणमा उल्लेख छ । कम्पनीको यो नाफा गतवर्षको यहि अवधिको तुलनामा करिब ३ लाख ६७ हजार रुपैयाँले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बिमांकीय मुल्यांकन नगरी जीवन बीमा कम्पनीले गरेको खुद नाफालाई आधार मान्न सक्ने अवस्था रहन्न । तसर्थ यो खुद नाफामा परिवर्तन आउन सक्छ ।

चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीले जगेडाकोषमा ९५ करोड ५१ लाख रुपैयाँ, जीवन बीमा कोषमा २३ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १७ करोड ९१ लाख रुपैयाँ सञ्चित छ ।
हाल सम्म कम्पनीले ७ लाख १४३ वटा बीमालेखबाट ३ अर्ब ८ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीले कुल १० हजार ८०३ वटा दाबीका लागि एक अर्ब २६ करोड २१ लाख रुपैयाँ कुल भुक्तानी गरेको छ भने २४ करोड ८२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ०३ पैसा र मुल्य आम्दानी अनुपात ५४.८७ गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।