वित्तीय विवरणमा त्रुटीका चाङ्ग, ९५ रुपैयाँ शेयरमूल्य भएको कम्पनीको मूल्यआम्दानी अनुपात १९८ गुणा बढी ?

Feb 13, 2019 Merolagani

नियामक निकाय नभएका कम्पनीको वित्तीय विवरणमा गत वर्षहरुमा जस्तै यो वर्ष पनि प्रशस्त त्रुटी फेला पर्न थालेका छन्। यस्तै कम्पनीभित्र समेटिएको छ मंगलबार वित्तीय विवरण सार्वजनिक गरेको रिडी हाइड्रोपावर (RHPC) ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा मूल्य आम्दानी गणना पनि गलत तरिकारले गणना गरिएको छ । कम्पनीको शेयरमूल्य मंगलबार ९५ रुपैयाँ रहेको छ तर कम्पनीको वित्तीय विवरणमा भने मूल्यआम्दानी अनुपात १९८.९७ गुणा बढी उल्लेख छ । यो कम्पनीको गत पुस ३० गते प्रतिकित्ता ९७ रुपैयाँमा कारोबार भएको थियो । कुनै पनि तथ्याङ्कले कम्पनीको यति धेरै मूल्य आम्दानी अनुपात हुनै सक्दैन । 

यति मात्र होइन प्रतिशेयर आम्दानी गणना पनि त्रुटीपूर्ण रहेको छ । चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार ४०० रहेको हाइड्रोले चालू आर्थिक वर्षको ६ महिना अवधिमा ८७ लाख १७ हजार ३२४ रुपैयाँ नाफा आर्जन गरेको छ।

यस आधारमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ २८ पैसा मात्र हुन्छ। तर कम्पनीले वित्तीय विवरणमा वार्षिक ६ रुपैयाँ ५७ पैसा उल्लेख गरेको छ। यसमा यस त्रैमासमा कमाएको एक रुपैयाँ ६४ पैसा इपिएसलाई चार त्रैमासको हिसाबले ६ रुपैयाँ ५७ पैसा देखाएकाे छ। कम्पनीले चालू आवकाे दाेस्राे त्रैमासमा प्रथम त्रैमासिक रिर्पाेटकाे आधारमा जसरी इपिएस गणना गरेकाे छ जुन असाेज मसान्तमा मात्र यसरी गरिन्छ । जुन गलत छ ।

कम्पनीले स्पष्ट रुपमा देखिने गरि नै यति ठूलो गलत रिर्पोटिङ्ग गरेको छ कि जसले आम सर्वसाधारणलाई भ्रम त छरेको छ नै केही जानकार लगानीकर्तालाई समेत अन्यौलमा पारेको छ । जसले कम्पनीका सबै सूचाङ्कमा नै विश्वास गर्नसक्ने अवस्था छैन।

नियमनकारी निकाय नभएका कम्पनीको वित्तीय विवरणको यस्तो हालत

 

कम्पनीको प्रतिवेलनलाई विश्वास गर्ने हो भने रिडी हाइड्रोपावरको नाफा गत पुस मसान्तको तुलनामा ४.०५ प्रतिशतले घटेको छ । हाइड्रोले चालू आर्थिक वर्षको ६ महिना अवधिमा ८७ लाख १७ हजार ३२४ नाफा आर्जन गरेको छ। गत वर्ष यसै अवधिमा कम्पनीको खुद नाफा ९० लाख ८६ हजार १३१ रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा हाइड्रोपावरको मुख्य विद्युत बिक्री मार्फत हुने आम्दानी घटेसँगै हाइड्रोको नाफा घटेको हो । यस अवधिमा हाइड्रोको विद्युत बिक्री मार्फतको आम्दानी ७.०६ प्रतिशतले घटेको छ ।

गत वर्षको पुस मसान्तसम्ममा विद्युत बेचेर एक करोड ४३ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ३३ लाख २५ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

त्यस्तै हाइड्रोले अन्य स्रोत मार्फत्को आम्दानी पनि घटेको छ । गत वर्षको यसै अवधिमा हाइड्रोले अन्य स्रोत मार्फत ३१ हजार ८१५ रुपैयाँ आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्ममा १६ हजार ७१२ रुपैयाँ मात्र आम्दानी गरेको छ ।

यस अवधिमा हाइड्रोले प्रशासनिक खर्चमा नियन्त्रण गरि १४ लाख ३० हजारबाट १० लाख ६५ हजारमा झारेको छ भने सञ्चालन खर्च भने ६ लाख ३३ हजारबाट बढेर ८ लाख २० हजार पुगेको छ ।

त्यसैगरी हाइड्रोले १२ लाख ७३ हजार ब्याज खर्च र ११ लाख ३८ हजार ह्रासकट्टी गरेको छ । यस अवधिमा हाइड्रोले विगत दुई आर्थिक वर्षहरुमा वितरण गरेको ६६ प्रतिशत बोनस सहित चुक्ता पूँजी १२.४७ प्रतिशतले बढाएर ४७ करोड २२ लाखबाट ५३ करोड ११ लाख पुर्याएको छ ।

बोनस बाँड्दा जगेडा कोषको उपयोगले ५ करोड ३९ लाखको जगेडा कोष ६३.४७ प्रतिशतले घटेर एक करोड ९७ लाखमा झरेको छ । जगेडा कमजोर हुँदा कम्पनीको हाइड्रोको प्रतिशेयर नेटवर्थ समीक्षा अवधिमा ७ रुपैयाँ ७२ पैसा घटेर १०३ रुपैयाँ ७१ पैसामा झरेकाे छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।