एलआइसी नेपालको खुद बीमा शुल्क २९ प्रतिशतले बढ्यो, ढेड अर्बको दाबी भुक्तानी

Feb 12, 2019 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ अर्ब ७८ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो आकार २९ प्रतिशत अर्थात १ अर्ब २९ करोड ९७ लाख रुपैयाँले बढेको हो ।

गत आर्थिक वर्षको दास्रो त्रैमासमा कम्पनीले ४ अर्ब ४८ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले पुर्नबीमा कमिशनबाट ६२ लाख १६ हजार रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै बीमालेख धितोमा ७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेर ३७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले ७ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष कम्पनीले यहि अवधिमा ६ करोड ७६ लाख रुपैयाँ नाफा गरेको थियो ।

एक अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ५४ करोड ८१ लाख रुपैयाँ, जीवन बीमा कोषमा ४८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको हाल कायम ७ लाख २५ हजार ७३ वटा बीमालेखबाट कुल ५ अर्ब ८१ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कुल ७ हजार ३७० वटा दाबी वापत १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ करोड ६३ लाख रुपैयाँ बराबरको दाबी वापत भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१६.०८ गुणा बढी छ ।

खुद नाफाको रकम बिमांकीय मूल्यंकन नगरी देखाइएकाले वित्तीय विबरण उल्लेख भएको खुद नाफा, प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपातको तथ्यांक वास्तविक हैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।