प्रुडेन्सियलको खुद नाफा करिब ७ करोड, ८४ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी

Feb 13, 2019 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको यसैअवधिको तुलनामा ८.८० प्रतिशत अर्थात ५५ लाख ३२ हजार रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड २८ लाख रुपैयाँँ खुद मुनाफा कमाएको थियो ।

कम्पनीले यस अबधिमा २५ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ९९ लाख ९० हजार रुपैयाँले बढी हो। गत वर्षको यस अवधिमा कम्पनीले २४ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले यस अवधिमा पुर्नबीमा कमिशन वापत १० करोड ९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ५० लााख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३२ पैसा छ । गत आवको पुस मसान्तमा कम्पनीको इपिएस २९ रुपैयाँ ३९ पैसा रहेको थियो।

पूँजी वृद्धि र नाफा वृद्धिको अन्तर बढ्दा इपिएस घटेको हो । यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ४७ पैसा र मुल्य आम्दानीको अनुपात ३२.३६ गुणा बढी छ ।

यस्तै कम्पनीले जगेडा कोष १६ करोड ६५ लाखबाट २१ करोड ११ लाखमा र बीमा कोष ३८ करोड ५७ लाखबाट ४३ करोड ९८ लाख रुपैयाँमा बढेको छ ।

यस अवधिमा कम्पनीले ६४ करोड ८८ लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ भने हालसम्म ६७ हजार २१७ वटा बीमालेखहरु जारी गरेकाे छ।

कम्पनीले २ हजार ४७३ दाबी वापत ३५ करोड १२ लाख रुपैयाँ कूल भुक्तानी गरेको छ । यस्तै ३ हजार २९० दाबी वापत ८४ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।