सिद्धार्थ इन्स्योरेन्सले वित्तीय विश्लेषण उल्लेख नगरी प्रकाशित गर्यो वित्तीय विवरण

Feb 13, 2019 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा वित्तीय विश्लेषण नराखी प्रकाशित गरेको छ । इन्स्योरेन्सले प्रमुख वित्तीय अनुपातहरु, व्यवस्थापकीय विश्लेषण लगायतका सुचकहरु उल्लेख नगरी वित्तीय विवरण प्रकाशित गरेको हो । वित्तीय विवरण प्रकाशित गर्दा यस्ता सुचक अनिवार्य उल्लेख गर्नु पर्ने व्यवस्था छ ।

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २० लाख रुपैयाँले बढी हो । गत वर्ष ८ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४४ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा भने ६८ लाख ६१ हजार रुपैयाँले खुद बीमा शुल्क घटेको छ । समिक्षा अवधिमा कम्पनीले ४४ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले पुर्नबीमा कमिशन वापत १३ करोड २८ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयवाट ४ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा २३ करोड १४ लाख रुपैयाँ, बीमा कोषमा ५९ करोड ९३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड २२ लाख रुपैयाँ संचित छ ।

कम्पनीले हाल सम्म ५५ हजार ५ वटा बीमालेख जारी गरी ९२ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा १७ हजार ९५१ वटा बीमालेख नवीकरण भएको छ ।

कुल ३ हजार १६९ दाबी वापत कम्पनीले ५२ करोड ४९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ८४४ दाबी वापत ५८ करोड ५६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दनानी २० रुपैयाँ ७४ पैसा भएको देखिन्छ ।

(स्पष्टिकरण: सिद्धार्थ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरणसँगै वित्तीय विश्लेषण पनि सोही पत्रिकामा प्रकाशन गरेको दाबी गरेको छ। कम्पनीको वित्तीय विवरण फरक-फरक पृष्ठमा प्रकाशन भएको कम्पनीले जनाएको छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।