सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क अर्ब नजिक, खुद नाफा कति ?

Feb 13, 2019 Merolagani

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९५ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २७ करोड २१ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६८ करोड १२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । 

तीन लाख ७६ हजार बीमालेख रहेको कम्पनीले कुल बीमा शुल्क भने ९९ करोड ५० लाख रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा कम्पनीले तीन लाख २५ हजार बीमालेखबाट ७२ करोड २० लाख कूल बीमाशुल्क आर्जन गरेको थियो ।

सूर्या लाइफको बीमाङ्कीय मूल्याङ्कन अघिको खुद नाफा गत आवको यसै अवधिको तुलनामा ३ करोड ५५ लाख बढी १० करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले ७ करोड २६ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ४८.९६ प्रतिशत बढी हो ।

 

कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ १२ पैसा कायम भएको छ । गत आवको यसै अवधिमा कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख र प्रतिशेयर आम्दानी २० रुपैयाँ १३ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात २८.९२ गुणा बढी छ ।

कम्पनीलाई धितोपत्र बोर्डले ७० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति दिइ सकेको छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष १० करोड ५ लाख बढेर ४३ करोड १४ लाख, जीवन बीमा कोष एक अर्ब ३३ करोड ६२ लाख बढेर ४ अर्ब ३० करोड र महा विपत्ति जगेडा कोष २ करोड १९ लाख बढेर ६ करोड ४१ लाख रुपैयाँ सञ्चित भएको छ ।

यस अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यवाट २० करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा ३० करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरी १ करोड ३४ लाख रुपैयाँ व्याज आम्दानी गरेको हो ।

हालसम्म इन्स्योरेन्सले कुल ७८९ दाबीबाट परेको ११ करोड रुपैयाँ भुक्तानी गरेको छ भने २६५ दाबी वापत परेको एक करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।