एनएमबि बैंकले भित्र्यायो डेढ करोड डलर वैदेशिक ऋण

Feb 13, 2019 Merolagani

एनएमबि बैंक (NMB) ले विदेशी संस्था सिडिसी ग्रुपबाट ऋण भित्र्याएको छ। बैंकले १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल भएको हो। राजधानीमा एक कार्यक्रमको आयोजना गरी बैंकले सिडिसी ग्रुपसँग ऋण लिने सम्बन्धमा सम्झौता गरेको छ।

सिडिसिले एनएमबि बैंकको स्थलगत भ्रमण मार्फत बैंकको योजना, क्षमताको समीक्षा लगायतको विष्तृत अध्ययन गरी लगानीको लागि प्रतिवद्धता जनाएको हो ।

बैंकले राष्ट्र बैंकबाट जारी विदेशी लगानी सम्बन्धी नीतिगत व्यवस्थालाई पुर्णरुपमा उपयोग गरी विदेशी लगानी भित्राउन सफल भएको दाबी गरेको छ ।

सिडिसि ग्रुप बेलायत सरकारको पुर्ण स्वामित्व रहेको वित्तीय संस्था हो । यस संस्थाले सव–सहारा अफ्रिका तथा दक्षिण एशियाका देशहरुमा रोजगार श्रृजना गरी आर्थिक विकास गर्ने उदेश्यले लगानी गर्दै आएको छ ।
बैंकले सिडिसि ग्रुप सहित तीन वटा संस्थाहरुबाट कर्जा लगानी भित्रयाई सकेको जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।