एलआईसी नेपालको जीवन साथी’ बीमा योजना सार्वजनिक, ७५ लाखसम्मको जोखिम बहन

Feb 14, 2019 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी असक्तता जोखिम बहन हुने नयाँ बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले बुधबार आयोजना गरेको एक कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले ‘जीवन साथी’ नामक नयाँ बीमा योजना सार्वजनिक गरेका हुन् ।

यस योजना अन्तर्गत बीमा अवधिमा बीमितको निधन भएमा बीमाङ्क र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिने र बाँकी अवधिको लागि बीमकको श्रीमान वा श्रीमतीलाई बीमाङ्कको ५० प्रतिशत निशुल्क जोखिम बहन गरिनेछ । न्यून बीमा शुल्कमा समेत यस योजनामा सहभागि हुन सकिन्छ ।

अठार देखि साठी वर्षसम्मका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम २ लाख रुपैयाँ देखि अधिकतम अण्डरराइटिङ्ग नियमअनुसार जतिपनि बीमाङ्क रकम निर्धारण गर्न सकिने कम्पनीले जनाएको छ ।

यो योजनाको बीमा अवधि १० वर्षको हुने कम्पनीले जानएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलपी दासले यस बीमा योजना मार्फत आफ्नो जीवन साथीप्रति अपार माया र स्नेह दर्शाउँदै परिवारमा वित्तीय सुरक्षा प्रदान गर्न सकिने बताए।

महिलाहरुको ठूलो हिस्सा जीवन बीमाबाट बञ्चित रहेको वस्तविकतालाई मध्यनजर गर्दै महिलाले पनि निशुल्क बीमा जोखिम प्राप्त होस भनेर जीवन साथी बीमा योजना ल्याउको कम्पनीको दाबी छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।