कम्पनीले प्रकाशन गरेको विवरण अनुसार अन्य वित्तीय सूचकाङ्कहरु अध्ययन गर्दा दोश्रो त्रैमासमा कम्पनीले अल्पकालीन लगानीको सट्टा दिर्घकालीन लगानीलाइ जोड दिएको कारणले दिर्घकालीन लगानीमा ८५ प्रतिशत वृद्धी भएको तथा अल्पकालीन लगानीमा कमी आएको देखिन्छ।
दिर्घकालीन लगानीमा जोड दिनुलाइ पनि दूरदर्शी रणनीतिको रुपमा लिन सकिन्छ। अघिल्लो आवको सोही अवधिमा तुलनामा चालु आवको दोश्रो त्रैमासको अन्त्य सम्ममा कम्पनीको जगेडा कोष ९१ प्रतिशतले वृद्धी भएर १७ कराेड १८ लाख रूपैयाँ पुगेको छ । गत आवकाे पुसमा ८ कराेड ९९ लाख रहेकाे थियाे।
गत आवको दोश्रो त्रैमासमा जीवन बीमा कोषमा शुन्य रकम रहेकोमा यस त्रैमासमा ३२ करोड ८९ लाख रुपैयाँ रहेकोले कम्पनीको जीबन बीमा कोष मजबुत बन्दै गएको छ।
कम्पनीको व्यवस्थापन खर्चमा भएको वृद्धीको कारणले खुद मुनाफामा भने गिरावट आएको छ।चालू आवको दास्रो त्रैमासमा ६ करोड ४४ रुपैयाँ मुनाफा आर्जन गरेका छ। गत वर्ष पुस मसान्तमा कम्पनीले ८ कराेड २ लाख खुद नाफा आर्जन गरेकाे थियाे। कम्पनीकाे अभिकर्ता कमिशनमा पनि ठूलै रकम ६ कराेड ७५ लाख खर्च भएकाे छ।
एक अर्ब ५४ कराेड चुक्त्ता पूँजी रहेकाे प्रतिशेयर आम्दानी ८ रूपैरयाँ ३७ पैसा रहेकाे छ।
समिक्षा अवधिमा कम्पनीले ३ वटा दाबी वापत १९ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । अन्य दाबी भुक्तानी गर्न बाँकी छैन।
कम्पनीले छोटो अवधिमा देशैभरि ९६ वटा शाखा सञ्जाल विस्तार गरि सेवा विस्तारको लागि बलियो आधार स्तम्भ तयार गर्न कम्पनी सफल भएको छ भने नेपालको जीबन बीमा क्षेत्रमा आकर्षक तथा प्रतिस्पर्धी योजनाहरु जारी गरी बीमितहरुलाइ अझ बढी सेवा सुविधा प्रदान गर्ने लक्ष्य कम्पनीको रहेको छ।
समग्र सुचकाङ्कहरुको विश्लेषण गर्दा कम्पनीले आगामि दिनमा अझ बढी प्रगति गर्न सफल भइ जीबन बीमा क्षेत्रमा एक स्थापित कम्पनीको रुपमा आफुलाइ उभ्याउने तर्फ अग्रसर हुने विश्लेषण गर्न सकिन्छ।