लुम्बिनी विकास बैंकको लिलामी शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन

Feb 15, 2019 Merolagani

लुम्बिनी विकास बैंक (LBBLPO) ले माघ २७ गतेदेखि लिलामीमा ल्याएको एक लाख ९७ हजार ५९६ कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्ने फागुन ३ गते शुक्रबार अन्तिम दिन रहेको छ ।

धितोपत्रको दोस्रो बजारमा बैंकको साधारण प्रतिकित्ता १७१ रुपैयाँ र संस्थापक शेयर ११३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

बैंकले यसअघिका चार पटक हकप्रदमा अवितरित संस्थापक शेयर लिलामी बिक्री खुल्ला गर्दा पनि बिक्री हुन नसकेपछि पाँचौं पटक शेयर लिलमाी खुल्ला गरेको थियो । 

यस बैंकको लिलामी शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथलीबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

चुक्ता पुँजी २ अर्ब १७ करोड ९ लाख रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा छ ।

बैंकले २०७४ माघ ११ देखि फागुन २३ गतेसम्म चुक्ता पूँजीको दश प्रतिशत (२० लाख ८ हजार ८७८ कित्ता) हकप्रद शेयर बिक्री गरेको. थियो । सो हकप्रदमा अवितरित संस्थापक शेयरमा लिलामी आह्वान गरेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।