ओरियण्टल होटल्सको खुद नाफा १४ प्रतिशतले बढ्यो

Feb 15, 2019 Merolagani

ओरियण्टल होटल्स (OHL) ले चालु आर्थिक वर्षको त्रैमासमा दोस्रो त्रैमासमा १३ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। होटटल -र्याडिसन सञ्चालन गरेको यस कम्पनीले आफ्नो खुद नाफा गत पुसको तुलनामा एक करोड ६४ लाख अर्थात १४ प्रतिशतले वृद्धि गरेको हो।

गत वर्षको दोस्रो त्रैमासमा ओरियण्टल होटलले ११ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

होटलले यस अवधिमा व्यवसाय तथा सेवाको बिक्री मार्फत ५६ करोड ९३ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा ५२ करोड ९४ लाख रुपैयाँ आम्दानी गरको थियो । यस्तै यस अवधिमा होटलले २० करोड १९ लाख रुपैयाँ होटल सञ्चालनबाट नाफा कमाएको छ।

हाेटलले १४ कराेड ३९ लाख कर्मचारीलाइ खर्च गरेकाे छ भने ६ कराेड ६३ लाखकाे खाध्यान्न र पेय पदार्थ खरिद गरेकाे छ। ८ कराेड १९ लाख सञ्चालन र  ३ कराेड ९८ लाख ह्रासकट्टी र ७ कराेड ८८ लाख रूपैयाँ साधारण तथा कार्यालयमा खर्च गरेकाे छ।

एक अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलले १५ प्रतिशत बोनस शेयर पूँजीकरण गरेर ९३ करोड ४२ लाखबाट पूँजी वृद्धि गरेको हो। यस अवधिमा जगेडा कोषमा एक अर्ब ७९ लाख ६८ हजार रुपैयाँ सञ्चित छ। गत पुसमा ९३ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २४ रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ८२ पैसा र मूल्य आम्दानी अनुपात १७.५२ गुणा बढी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।