एलआईसीको ‘जीवन साथी योजना’ मा आर्कषण, पहिलो दिननै २५ सय भन्दा बढी बिक्री

Feb 15, 2019 Merolagani

एलआइसी नेपालले प्रणय दिवसको पुर्वसन्धामा सार्वजनिक गरिएको ‘जीवन साथी योजना’ मा आर्कषण देखिएको छ । “रहने छ साथ, जीवन पश्चात्” भन्ने सन्देशका साथ सार्वजनिक गरेको बीमा योजना पहिलो दिननै २५ सय भन्दा बढी बीमालेख बिक्री भएको छ ।

एलआईसी नेपालका अनुसार पहिलो दिनमै २ हजार हजार ५८३ वटा बीमालेख बिक्री भएको छ । ग्राहकहरुले अत्यधिक मन पराई पहिलो दिनमै धेरै संख्यामा पोलिसीहरु बिक्री भएपछि कम्पनीले खुशीलायी मनाएको छ ।

कम्पनीको कर्पोरेट कार्यालयमा ‘केक’ काटेर खुसीयाली मनाइएको प्रमुख कार्यकारी अधिकृत एलपी दासले जानकारी गराए । यस्तै उनले नयाँ जीवन बीमा बिक्री शुरुवात गरिएको पहिलो दिनमा ‘जीवन साथी’ बीमा योजनाको बिक्री संख्या अहिलेसम्मकै ऐतिहासिक रहेको बताए ।

नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले चालु आर्थिक वर्षमा यो योजना सवैभन्दा बढी लोकप्रिय भई एक अर्ब बीमाशुल्क आर्जन हुने दाबी गरे ।

यस योजनामा १८ देखी ६० बर्षसम्मका व्यक्तिहरु सहभागि हुन सक्छन् । न्यूनतम बीमाङ्क रकम २ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिने व्यवस्था छ । बीमा योजनाको अवधि १५ बर्षको हुने कम्पनीले जनाएको छ ।

यस योजना अन्र्तगत बीमा अवधिमा बीमितको निधन भएमा बीमाङ्क र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिने र बाँकी अवधिको लागि बीमकको श्रीमान वा श्रीमतीलाई बीमाङ्कको ५० प्रतिशत निशुल्क जोखिम बहन गरिनेछ ।

न्युन बीमा शुल्कमा लिन सकिने यस योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानी पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सकिने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।