पाँचथर पावरको आईपिओ बाँडफाँड, ८१ प्रतिशत शेयर बिकेन

Feb 17, 2019 Merolagani

पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) को साधारण शेयर (आइपिओ) फागुन ३ गते शुक्रबार बाँडफाँड भएको छ। कम्पनीले गत पुस ३० गते देखि माघ २९ गतेसम्म आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि ९ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो।

पाँचथर पावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार रितिपूर्वक आवेदन दिने आवेदकहरुलाई मागेजति नै शेयर बाँडफाँड गरिएको हो । क्यापिटलका अनुसार स्थानीयहरुबाट एक लाख ७४ हजार ७५० कित्ता शेयरमा मात्र आवेदन परेको थियो । यो कूल निष्काशनको १८.१६ प्रतिशत मात्र हो । 

कम्पनीले कूल ९ लाख ६२ हजार ५०० कित्ता स्थानीयका लागि निष्काशन गरेकोमा ८१.८४ प्रतिशत अर्थात ७ लाख ८७ हजार ७५० कित्ता शेयर अवितरित भएको हो । स्थानीयले नकिनेको शेयर थप गरेर अब कम्पनीले दोस्रो चरणमा १७ लाख ५० हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नेछ ।

जलविद्युत आयोजनाहरुबाट प्राप्त हुने आम्दानीमा स्थानीयको स्वामित्व कायम गर्न जारी पूँजीको १० प्रतिशत शेयर कानुनी रुपमा नै आरक्षणको व्यवस्था गरिने गरिएको छ । तर जलविद्युत कम्पनीमा प्रतिफलका लागि लामो समय कुर्नुपर्ने तथा हाल आइपिओ जारी गरेका कतिपय कम्पनीको शेयरमूल्य एक सय रुपैयाँभन्दा कममा काराबार भैरहेकाले पनि जलविद्युत कम्पनीको शेयरमा आकर्षण घट्न थालेको हो ।

कम्पनीले निष्काशन गरेको शेयर आयोजनाबाट प्रभावित तत्कालीन गाविसहरु भारपा, याङ्गनाम, नांगिन (हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालिका) का बासिन्दाहरुका लागि सो शेयर निष्काशन गरेको थियो।

आईपिओमा स्थानीयहरुले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि ९ हजार ६२० कित्ता अर्थात ९ लाख ६२ हजार रुपैयाँसम्म माग गर्नसक्ने व्यवस्था थियो ।

कम्पनीले निष्काशन गरेको आईपिओलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘केयर एनपी आइपिओ ग्रेड ४’ दिएको छ । यस ग्रेडले कम्पनीको आधारभुत अवस्था औसत भन्दा तर आधार रहेको जनाउँछ ।

कम्पनीले पुस १३ गते धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारलाई गरी कूल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपिओ बिक्री गर्न अनुमति पाएको थियो ।

यस कम्पनीले संस्थापकहरुबाट जारी पूँजीको ८० प्रतिशत अर्थात ७७ करोड रुपैयाँ चुक्ता गरिसकेको छ भने जारी पूँजीको २० प्रतिशत पूँजी सार्वजनिक निष्काशनबाट कायम गर्नेछ ।

पाँचथर पावर कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवाखोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरीरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।