सिभिल बैंकले घोषणा गर्यो लाभांश

Feb 17, 2019 Merolagani

सिभिल बैंक (CBL) ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको फागुन ३ गते बसेको २६४ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सिभिल बैंकले गत आर्थिक वर्षकाे मुनाफाबाट शेयरधनीलाइ चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँको ४.०५ प्रतिशतका दरले हुन आउने २९ करोड ४० लाख दुई हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

 

 

सिभिल बैंकको गत जेठ २१ गते सम्पन्न बैंक सञ्चालक समितिको २४८ औं बैंठकले आर्थिक वर्ष २०७३/७४ को खुद नाफाबाट शेयरधनीलाइ १०.२५ प्रतिशत बोनस (७४ करोड ४० लाख रुपैयाँ) तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सो बोनस साधारण सभाबाट पारित हुन बाँकी नै रहेको छ । बोनस पूँजीकरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ३३ लाख ९० हजार रुपैयाँ कायम हुनेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैकले ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ एक पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९३ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।