प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

Feb 17, 2019 Merolagani

प्रभु बैंक (PRVU) को लाभांश सुरक्षित गर्ने फागुन ५ गते आइतबार अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा प्रयोजनका लागि फागुन ६ गते सोमबार बुक क्लोज गर्दैछ। यसअनुसार आज सम्मका कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन्।

बैंकले फागुन १९ गते बोलाएको सत्रौ वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश पारित गर्नेछ ।

बैंकले गत आर्थिक वर्षको कमाइबाट लगानीकर्तालाई ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । 

यस्तै बैंकले संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्नेछ। बैंकको साधारणसभाबाट संस्थापकको ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४५ कायम गर्ने प्रस्ताव बैंकले गरेको छ । हाल बैंकमा संस्थापकको ६१.३१ र सर्वसाधारणको ३८.६९ प्रतिशत शेयर स्वामित्व छ।

८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ चुत्तापूँजी भएको बैंकको बोनस पश्चात ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

साथै बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा लग्दैछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।