प्रभु बैंकको बोनसपछि शेयरमूल्य समायोजन

Feb 18, 2019 Merolagani

प्रभु बैंक (PRVU) को फागुन ६ गते सोमबार नेपाल स्टक एक्सचेञ्जमा शेयर मूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयरपश्चात शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले बैंकको बोनस पश्चात समायोजित शेयरमूल्य प्रतिकित्ता २१० रुपैयाँ १९ पैसा निर्धारण गरेको छ । नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधारमूल्य २७२ रुपैयाँ ५९ पैसा कायम भएको छ । समायोजित शेयरमूल्यका आधारमा बैंकको शेयर कारोबार सुचारु भएको छ ।

बैंकले फागुन १९ गते आह्वान गरेको १७ औ वार्षिक साधारण सभाका लागि सोमबार शेयरधनी दर्ता किताब बन्द गरेको हो। यसअनुसार फागुन ५ गते आइतबारसम्म कायम शेयरधनीले मात्र उक्त बोनस पाउनेछन्। साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे सुरु हुनेछ ।

सभाबाट बैंकले चुक्ता पूँजीको ८ प्रतिशत (६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ) बोनस शेयर अनुमोदन गर्दैछ । यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश पनि पारित गर्दैछ ।

यस्तै साधारण सभाले संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन पनि परिवर्तन गर्न भएको छ । बैंकले संस्थापकको ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिसा ४५ कायम गर्ने प्रस्ताव पारित गर्ने भएको हो । हाल बैंकमा संस्थापकको ६१.३१ प्रतिशत र सर्वसाधारण ३८.६९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

हाल ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकको बोनस शेयर पश्चात ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले एक अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३१ पैसा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।