व्याजदर सार्वजनिक गर्दा आधारदर नै नदेखाएपछि सेवाग्राहीले के बुझ्ने ?

Feb 20, 2019 Merolagani

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो व्याजदरमा भएको परिवर्तनलाई समय समयमा सार्वजनिक गर्दा व्याजको आधार दर अर्थात बेस रेटलाई छुटाउने गरेका छन्। केही बैंकले बेसरेटलाई नियमित रुपमा उल्लेख गर्दै आए पनि अधिकांशले बेसरेटमा थपिने प्रिमियम मात्र उल्लेख गराएर व्याजदर सार्वजनिक गर्दा सेवाग्राही व्यजदर घट्यो कि बढ्यो भन्ने अन्यौलतामा पर्ने गरेका छन्।

बुधबार मात्र सिभिल बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरको सूचनामा विभिन्न शिर्षकका निक्षेपको व्याजदर तथा कर्जाको प्रिमियम दर उल्लेख गरेको छ ।

बैंकले कर्जाको व्याजदरका हरेक शिर्षकमा आधार दरमा थप गरिने प्रिमियम प्रतिशत उल्लेख गरेको छ । तर ठुलो आकारमा सार्वजनिक गरिएको सूचनामा कतै पनि आधार दरमा कति परिवर्तन भयो वा बैंकको हालको आधार दर कति हो भन्ने खुलाएको छैन ।

यसले बैंकबाट कर्जा लिएकाहरु व लिन चाहनेहरु बैंकको कर्जाको वास्तविक व्याजदर कति हो भनेर ठ्म्याउन नसक्ने अवस्थामा पुगेका छन् । यसरी जे विषयको सूचना निकालिएको हो, त्यसको जरोलाई नै सूचनामा समावेश नगर्दा बैंकहरुले नियोजित रुपमा यस्ता सूचनामा सेवाग्राहीलाई झुक्याउन खोजि रहेका छन् वा भुलबस यस्तो भैरहेको छ भन्ने चासो बढेको छ ।

सिभिल बैंक एउटा उदाहरण मात्र हो । कतिपय बैंकहरुले निक्षेप तथा कर्जाको व्याजदर सार्वजनिक गर्दा यस्ता कमजोरीहरु देखिने गरेका छन् । यसले जुन उद्धेश्यका लागि सूचना सार्वजनिक गरिएको हो, त्यो नै प्रष्ट हुन नसक्ने अवस्थाले व्याजदरको सूचना झारो टार्ने मेलो मात्र हो कि भन्न सक्ने अवस्था रहन्छ ।

सिभिल बैंकको सन्दर्भमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १०.९८ प्रतिशत रहेको आधार दर अहिले ११.३१ प्रतिशतमा उक्लिएको त्रैमासिक वित्तीय विबरणमा देखिन्छ । जुन विबरण बैंकले गत जनवरी २१ का दिन सार्वजनिक गरेको व्याजदरको सूचनामा भने खुलाएको छ ।

अघिल्लो पटक बैंकले सार्वजनिक गरेको व्याजदरको सूचना यहाँ क्लिक गरेर हेर्नुहोस् ।

बुधबार सार्वजनिक भएको व्याजदरको सूचना यहाँ क्लिक गरेर हेर्नुहोस् ।

उल्लेखित २ वटा सूचना सार्वजनिक भएको अवधिमा बैंकको ओभरड्राफ्ट कार्ड शिर्षकमा सामान्य परिमार्जन भएको छ भने संस्थागत मुद्धती निक्षेप नविकरणको शिर्षक पछिल्लो पटक हटाइएको छ । अरु सूचकहरुमा खासै परिवर्तन भएको देखिँदैन ।

तर सेवाग्राहीले भने वास्तविक व्याजदर हिसाव गर्नका लागि विगतमा बैंकले सर्वजनिक गरेको आधार दरको दस्थावेज खोज्नु पर्ने अवस्था देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।