नबिल बैंकको ३४ औं वार्षिक साधारण सभाका लागि बुकक्लोज निर्धारण

Feb 21, 2019 Merolagani

नबिल बैंक (NABIL) ले फागुन २७ गते आह्वान गरेको ३४ औं वार्षिक साधारण सभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ। बैंक सञ्चालक समितिको फागुन ५ गते सम्पन्न बैठकले फागुन १४ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ।

यसअनुसार फागुन १३ गतेसम्म शेयर कारोबार भई कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् । फागुन ८ गते बुधबार बैंकको शेयर प्रतिकित्ता ७८९ रुपैयाँमा कारोबार भएको छ ।

नबिल बैंकले फागुन २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साढे ११ बजे ३४ औं वार्षिक साधारण सभा डाकेको छ।बैंकले निकै ढिलो गरि गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेको हो । यसअघिका वर्षहरुमा बैंकले पहिलो त्रैमासमा नै साधारण सभा सम्पन्न गर्दै आएकोमा गत आवको साधारण सभा भने तेस्रो त्रैमासमा धकेलिएको हो।

सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभाका लागि बैंकले फागुन १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

यस्तै संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको दश प्रतिशत शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि अनुमोदन गर्दैछ । बैंकले सो शेयर रुपान्तरण गर्न नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भैसकेको जनाएको छ । 

यस्तै अन्य एजेण्डाहरुको बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन तथा आवश्यक संसोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नाफा नोक्सानी हिसाब सहित बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको सहित एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।