चौतारी लघुवित्त मर्जर वा एक्वीजिशनमा जाने तयारीमा, राष्ट्रिय स्तरको बन्ने

Feb 21, 2019 Merolagani

हालै मात्र साधारण शेयर निष्काशन गरि बाँडफाँड गरेको चौतारी लघुवित्त वित्तीय संस्था (CHLBS) पनि मर्जर वा एक्वीजिशनमा जान र कार्यक्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने तयारी थालेको छ। लघुवित्तले उपयुक्त संस्थाको पहिचान गरि मर्जर तथा एक्वीजिशनमा जाने प्रस्ताव कम्पनीको आगामी तेस्रो साधारण सभामा लैजाने भएको छ।

लघुवित्त सञ्चालक समितिको फागुन ८ गते बसेको ६९ औं बैंठकले लघुवित्तको तेस्रो वार्षिक साधारण सभाको विशेष प्रस्तावहरूमा उपयुक्त अन्य लघुवित्त संस्थाहरुसंग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती/समाहित हुने मुख्य एजेण्डा रहेकाे छ ।

जसका प्रयोजनको लागि उपयुक्त संस्थाको पहिचान गरि मर्जर /एक्वीजिशनमा जान राष्ट्र बैंकमा सैद्धान्तिक स्वीकृतिको लागि निवेदन दिने, सम्पत्ती तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत अन्य आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ । 

यसैगरि यस्तै हाल कायम रहेको १५ जिल्ला कार्य क्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको लघुवित्त संस्था बनाउन कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने समेत तयारी गरेको छ । साधारण सभाबाट हाल रित्त रहेको २ जना सचालक को मनोनयन समेत गर्नेछ।

यस्तै लघुवित्तले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७५/७६ को लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक समेत तोक्ने तयारी गरेको छ ।

लघुवित्तको चैत १६ गते बिहान ११ बजे, आप्रपाली कटेज एण्ड रेष्टुरन्ट, सुख्खानगर बुटवलमा साधारण सभा आह्वान गरिएको छ । लघुवित्तले साधारण सभा प्रयोजनको लागि फागुन २९ गते देखि चैत्र १६ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार फागुन २८ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।