नेपाल बङ्गलादेश बैंकको ऋणपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले निष्काशन गर्ने

Feb 22, 2019 Merolagani

नेपाल बङ्गलादेश बैंक (NBB) को २ अर्ब बराबरको ऋणपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले निष्काशन गर्ने भएको छ। ऋणपत्र निष्काशन सम्बन्धि सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानले हस्ताक्षर गरेका छन्।

नेपाल बङ्गलादेश बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता बराबरको २ अर्ब बराबरको “एनबिबि डिबेञ्चर २०८५/८६” निष्काशन गर्न लागेको हो। जसको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियूक्त गरिएको हो।

निष्काशित ऋणपत्र २ अर्ब मध्ये ६० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि निष्काशन हुनेछ।

उक्त ऋणपत्र नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्काशन तथा बिक्री खुला हुनेछ। प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत वार्षिक अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ। उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।